्
लाम्खुटे धपाउन बालेको घुरबाट आगलागी हुदां एकलाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर ५ बेलहिया बस्ने बिशेश्वर साह तेलीको गाई गोठमा अचानक आगलागी हुदां पड्खा दुई थान, प्लाष्टिकको कुचि दुई थान , मल दुई बोरा , दाउरा , जलेर नष्ट हुनुको साथै तिनवटा भैसीको शरिर समान्य आगलागीबाट झती भएको हो । आगलागी हुदां तेलीले भैसीलाई जोगाउन खोज्दा ढाठ र हात जलेको डिएसपी राजेश थापाले भने, आगलागी लागीबाट मानवीय झति नभएको बताउनु भएको छ। आगलागीबाट करिब एक लाख बीस हजार बराबरको झति भएको बारा प्रहरीले अनुमान गरेको हो । स्थानिय वासिन्दा र प्रहरीको सहयोगमा एक घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ।