पैदल यात्रुलाई टाटासुमोले ठक्कर दिदां एकजना सख्त घाईते भएका छन् । चितवन राप्ती नगरपालिका वडा नम्बर २ गेडलु चौक बस्ने अन्दाजी ४० वर्षीय सिताराम घिमीरे घाइते भएको अस्थाई प्रहरी चौकी पचलैया बाराका असई मनोज यादवले बताएका छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको तिन नम्बर पुल निजकै पथलैयाबाट निजगढ तर्फ जांदै गरेको ना १ ज ६५५२ नम्बरको टाटटासुमोले पैदल यात्रु घिमीरे बाटो क्रस गर्न क्रममा ठक्कर दिएको हो । घाईते घिमीरेको टाउको र निधारमा चोट पटक लागेको छ भने उनको उपचार नेशनल मेडिकल क्लेज बीरगंजमा भईरहेको छ । टाटासुमोको ठक्करबाट घाईते भएका घिमीरेको अवस्था भने सामान्य रहेको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । ठक्कर दिने टाटासुमो सहित चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।