लागु औषध सहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौर नजिकै शंंकास्पद अवस्थामा बसिरहेको २० वर्षीय प्रबिन सुनारको शरीर प्रहरीले खानतलाशी गर्दा उनको साथबाट लागु औषध डाईजेपाम ४ एम्पुल फेला परेको मकवानपुर प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनु भयो । प्रकाउ परेका सुनारलाई थप अनुसन्धान भईरहेको छ ।