राजस्व अनुसन्धानका महानिर्देशक झलकराम अधिकारी र उघोग वणिज्य संघ बीरगंजका पदाधिकारी बीच राजस्व नियन्त्रण सम्बन्धी बृहद छलफल भएको छ । छलफलमा राजस्व चुहावट तथा नियन्त्रण गर्नका लागी बिभाग लागी परेको महानिर्देशक अधिकारीले भन्नु भयो, राजस्व बृद्धी गर्नमा उघोगी एवम् ब्यापारीहरुको अहम भुमिका रहेको हुनाले राजस्व नियन्त्रण गर्नका लागी राज्यले कुनै कसर बांकी नराख्ने बताउनु भयो । राजस्व चुहवाट र नियन्त्रणको नाममा ब्यापारीलाई दुख दिने कार्य कतैबाट नहोस उघोग वाणिज्य संघ बीरगंजका अध्यक्ष सुबोध गुप्ताले महानिर्देशक झलकराम अधिकारी आग्रह गर्दे ब्यवहारीक समस्या सामाधान गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको छ । कतिपय कर्मचारीहरुले आफनो स्वार्थ पु्रा गर्नका लागी ब्यापा।रीलाइ दुख दिन गर्ेको हुनाले यस्ता क्रियाकलाप नदोहोरियोस भन्दै उघोग वाणिज्य संघका पदाधिकारीहरुले राजस्व अनुसन्धान कार्यालयका महानिर्देशक अधिकारीलाई ध्यानकर्षण गराएका छन् । छलफलमा राजस्व अनुसन्धान कार्यालयका उपन्यायधिक्तmा अर्नुन कोईरला, राजस्व अनुसन्धान कार्यालयपथलैयाका प्रमुख कृष्णप्रसाद पांण्डे , बिधागका सुचना अधिकृत पवन बस्नेत, उघोग वाािण्ज्य संघ बीरगंजका वरिष्ठ उपाध्यक्ष अनिल पटवारी, उपाध्यक्ष माधव राजपाल , सचिव आशिष लाठ, सहसचिव सुशान्त चाचान, कार्यसमिती सदस्य मनोनित सदस्य लगायत बीर्गंजको उघोगी ब्यापारी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । बर्तमान परस्थितीमा राजस्व अनुसन्धान कार्यालयमा देखा परेका नितीगत तथा ब्यपहारिक समस्या बारे शुक्रवार उघोग वाणिज्य संघ बीरगंजको कार्यालयमा बृहद छलफल भएको हो ।