जिल्ला प्रशासन कार्यालय पर्साको नजिकै सर्वसाधारणहरुलाई ठगी गर्दे आएको आरेपमा पर्सा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको पर्साका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताउनु भयो । पर्सा जिल्ला धोवनी गाउँपालिका बस्ने २१ वर्षीय सागिर आलमले राहदानी फारम भर्नका लागी जिल्ला प्रशासन कार्यालय पर्साको गेट नजिकै रहेको प्रेस फोटो स्टुडियोका सञ्चालक सदाम हुसेनले फारामा भर्नको लागी सागिर आलम सँग रु दुई सय नेपाली रुपैया लिई राहदानी १४ दिन भित्र मगाई दिन्छु भनेर रु २५०० रुपैया ठगी गरेका हुन् । रकम लिएका हुसेनले ६ दिन बितीसक्दा पनि राहदानी नआएपछि सागिरले उतm स्टुडियोमा सोधपुछ गर्दा पुर्ण ्राहदानी मगाउनका लागी २५ सय लाग्ने जनाएपछि आफु ठगीएको भन्दै वडा प्रहरी कार्यालय बिर्तामा जानकारी गराएपछि प्रहरीले फ्रेस स्टुडियोका सञ्चालक सदाम हुसेनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उतm धन्दामा तीन जना संलग्न ्रहेको पुष्टि भएपछि थपतीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर २४ बस्ने गणेश मोबाईल सञ्चालक २२ वर्षीय संजित गुप्ता, बीरगंज ्रानीघाट बस्ने चन्दन मोबाईल सेन्टरका सञ्चालक २४ वर्षीय कुन्दन यादब र सोही स्थान बस्ने गढीमाई स्टुडियोका सञ्चालक ३० वर्षीय प्रदिप साह र बीरगंज वडा नम्बर १० बस्ने फ्रेस फोटो स्टुडियोमा काम गर्ने ३८ वर्षीय फैयाज आलम रहेका छन् । पका्रउ परेका पाँचजनामा माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रह्री कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कार्कीले बताउनु भयो ।