बीरगंज महानगरपालिका वडा नम्बर २ स्थित रहेको घुसकपुर नजिकै पाँच वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ । लागु औषध सेवन गरेर घर नजिकै रहेको नावालिकालाई बलात्कार पछि हत्या गरेको प्रहरीले आंशका गरेको हो । बालिकालाई पालो पालो बलात्कार गरी अनुहारमा ढुगां प्रहार गरी हत्या गरेका छन् ।बालिकाको शव स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा तीनजनालाई पक्राउ गरेको हो । पोष्टमार्डमा रिर्पाेट आएपछि मात्र बालिकाको बलात्कार भएको वा नभएको पुष्टि हुने पर्सा प्रहरीका एक अधिकृतले भने, अहिले नै केही भन नमिल्ने बताउंदै घटनाबारे थप अनुसन्धान भईरहेको प्रतिक्रिया दिनुभयो ।