भन्सार छली ल्याएको आंशकामा पर्सा प्रहरीले मालवहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो । भन्सार छली गरी अबैध तरिकले ट्रक नेपाल भित्रिएको प्रहरीलाई सुचना पाएपछि सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर नजिकै ना ३ ख २५६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढी बिधुतीय सामाग्री तथा खुदा्र सामानहरु बरामद भएपछि ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । बिल बिजक भन्दा बढीको सामानहरु बरामद भएपछि प्रहरीले ट्रकब सहित ३१ लाख, २० हजार मुल्याड्कन गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको हो ।