सशस्त्र प्रहरीले ठुलो परिमाणमा बीरगंज महानगरपालिका वडा नम्बर ३२ रिसवाबाट अबैध काठ बरामद गरेको छ । सुरक्षा बेश बेल्वाबाछ सशस्त्र प्रहरी नाउब निरीक्षक सन्तोष साह र सब डिभिजन बन कार्यालय सबैयाबाट संयुतm टोलीले बिशोष् सुचनाको आधारमा लुकाई छिपाई राखेको अवस्थामा र ९०।५ क्युबिक फिटको ११ वटा सालको गोलीया बरामद सहित झ्याल १३ थान , चौक ४ थान कडी बरामद गरिएको १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोख्रेलले बताउनु भयो । बरामद गरिएको अबैध काठ कारवाहीको लागी सश डिभिजन बन कार्यालय सबैयाको जिम्मा लगाएको प्रहरी उपरिक्षक पोख्रोलले बताउनु भएको छ । बरामद गरिएको काठ ३ लाख , १६ हजार , ७ सय रुपैया मुल्य बराबर रहेको छ ।