भन्सार छली ल्याएको तस्करीको मालसमान बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ६ चोरी पैठारी गरी ल्याईरहेको भारतीय कपडा प्रहरीलाई हेर्न बितीकै तस्करहरुले तस्करीको समान छाडी फरार भएका छन् । प्रहरीले जेन्स पाईन्टको कपडा ११२ मिटर, साडी १८ पिस, पर्दाको कपडा ९० मिटर, लेडिज कुर्ता सुरुवाल १३ पिस र लेगिज ४ पिस बरामद भएको डिएसपी राजेश थापाले जानकारी दिनुभएको छ । यसैगरी बारा प्रहरीले अबैध घरेलु मदिरा बरामद गरेको छ । पथलैयाबाट सिमरा तर्फ आउंदै गरेको ना १ ह ५१२१ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा घरेलु मदिरा ७ बोरा प्लाष्टिकको बोरामा अन्दाजी १५० लिटर फेला परेको हो । मदिरा सहित जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने ३१ वर्षीय कमला लामा र अटो चालक सोही स्थान बस्ने २८ वर्षीय सागर लामालाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ नेपाल केबुल नजिकै सिमराबाट खटिएको टोलीले नियमित चेकजांच गर्ने क्रममा उतm अबैध घरेलु मदिरा बरामद भएको हो ।