पर्सा प्रहरीले हुण्डीको रकम सहित दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो । अबैध रकमको कारोवार भई्रहेको सुचना पाएको प्रहरी उपरिक्षक बस्नेतले भन्नु भयो, जिल्ला प्रह्री कार्यालय पर्साका क्राईम बा्रन्चका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले शंकराचार्य गेट नजिकै भारतको रक्सौलबाट मोटरसाईकलमा सवार भई बीरगंज तर्फ आउंदै गरेको ना २८ प २८९० नम्बरको महेन्द्र सवारी साधान नियन्त्रणमा लिई चेकजांच गर्दा मोटरसाईलको सिटमुनी ट्याङ्कीमा लुकाई छिपाई राखेकोअवस्थामा नेपाली रुपैया सात लाख सहित जितपु्र सिमरा उपमहानगरापालिका वडा नम्बर ७ बस्ने ५० वर्षिय हरिना्रायण कुर्मीलाई पक्राउ गरिएको हो । बरामद गरिएको सात लाख रुपैयाको श्रोत नखुलेपछि कुर्मीलाई बैंक तथा बितीय संस्था कसु्रमा अनुसन्धान भईरहेको प्रहरी उपिरक्षक बस्नेतले बताउनु भएको छ । यसैगरी प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजांच गर्ने क्रममा भारतको रक्सौलबाट बी्रगंज तर्फ आउंदै गरेको ना ५२ प २४२० नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई चेकजांच गर्दा हेलमेट भित्र लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रुपैया चार लाख पच्चास हजा्र रुपैया सहित बीरगंज महानगरपालिका वडा नम्ब्र १२ बस्ने सु्रज पटेल पक्राउ परेका छन् । पक्राउ परेका पटेललाई बैंक तथा बितीय संस्था कसु्रमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरी सक्रिय हुदां रजत जयन्ती चौक देखी शंकाराचार्य गेट सम्म श्रोत नखुलेको नेपाली ११ लाख रुपैया ५० हजा्र रुपैया सहित दुईजना पक्राउ परेका छन् । यसले स्पष्ट हुन्छ कि देशको आर्थिक नगरी बीरगंजको मुख्य नाका ईनर्वा प्रहरी चौकीको बाटो प्रयोग गरी अबैध हुण्डीका कारोवारीहरुले आफनो अबैध ब्यापार फस्टाएको स्पष्ट देखिएको छ । सशस्त्र प्रहरी र भन्सारका कर्मचा्रीह्ररु रfजस्व बृद्धी गर्नका लागी खटेपनि अबैध धन्दा गर्ने गिरोह्ररुले मुख्यबाटोको नै प्रयोग गर्दे आईरहेका छन् ।