भन्सार छली गरेर बिलविजक बिना ल्याइएको करिब १५ लाख मूल्य बराबरको सामान सहित बोलेर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोल सडकखण्डबाट चेकजाँचका क्रममा १४ लाख ६० हजार मूल्य बराबरको चिनी, आलु, प्याज तथा किराना सामाग्री लोड गरेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
लु.अ.अ.मा. २६४९ नम्बरको पिकअपमा भन्सार छलेर ल्याइएको ती सामान फेला परेपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
बरामद सामानसहित पिकअपलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पनि उनले बताए ।