सशस्त्र प्रहरी भारतीय स्कार्पियो गाडी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरिक्षक तेजप्रसाद पोख्रेलले बताउनु भयो । बीरगंज भन्सार बिओपीबाट खटिएको सशस्त्र प्रहरी गस्ती गर्नै क्रममा प्रहरीलाई हेर्न बितीकै चालक फरार भएपछि शंकाको आधारमा उतm भारतीय स्कार्पियो गाडी चेकजांच गर्दा भन्सार प्रज्ञापन पत्र नविकरण नरहेको हुनाले उतm गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलले भने, बीरगंज महानगरपािलका वडा नम्बर १६ स्थित भन्सार रोडमा नियन्त्रणमा लिएको ] BR 30 AE 9189
भारतीय नम्बरको स्कार्पियो गाडीको २०७९, ३, ३२ गते गौर भन्सार कार्यालय रौतहटबाट राजस्व तिरी प्रज्ञापन पत्र रहेको राजस्व नतिरी तीन महिना सम्म उतm गाडी नियम बिपरीत नेपालमा गुडिरहेको हुनाले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको स्कार्पियो गाडीको मुल्यांकन ३५ लाख तोकेर बीरगंज भन्सार कार्यालयमा पठाएको छ । प्रहरीले गाडी नियन्त्रणमा लिएपनि चालक भने फरार रहेका छन् ।