९ किलो भन्दा बढी लागुऔषध चरेससहित २ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
वीरगञ्जको वडा नम्बर ८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेससहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र सोही स्थानका राज चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले चेकजाँचका क्रममा चरेससहित रायलाई पक्राउ गरेको थियो । रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रवक्ता गिरीले बताए । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ