बारा प्रहरीले हतियार सहित एक जनालाई पक्राउ गरेको छ ।
बाराको पचरौता नगरपालिका वडा नम्बर ८ बाजोपट्टीका २९ वर्षीय अमर राय यादवलाई १ थान कटुवा पेस्तोल र १ थान अत्याधुनिक चक्कु सहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका ९ स्थित तियर खोलाको पुलबाट यादवलाइ हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बागटीले जानकारी दिए । भारतबाट आउँदै गरेका यादवले प्लाष्टिकको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा पेस्तोल र चक्कुसहित उनलाई पक्राउ गरिएको उपरीक्षक बोगटी बताउँछन् । हतियार सहित पक्राउ परेका यादवलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।