बारा जिल्लामा एकै घरका तीन परिवारको घांटी रेतिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्र्रवतmा राजेश थापाले जानकारी दिनुभयो । बारा पसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका गाउँ नजिकै ढोरा खोला निर २५ वर्षिय सुजता चौधरी, निजकी छोरी ३ वर्षीय ताहिरा चौधरी र १६ महिना छोरा राजबिर चौधरीको अज्ञात समुहले धारिलो हथियार प्रहार गरी हत्या गरिएको हो । स्थानिय दिपेन्द्र चौधरीको श्रीमती , छोरी र छोराको शव खोला नजिकै गाउँलेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेका प्रहरीले शवलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको बाराका प्रहरी उपरिक्षक होगिन्द्र बोगटीले बताउनु भएको छ ।