तीन महिनाभित्र अधिवेशन गराउने जिम्मेवारीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साको अध्यक्षको जिम्मेवारी ईन्जिनियर रमेश कुमार यादवलाई दिइएको छ । नेविसंघको केन्द्रीय कार्य समितिले यादवलाई पर्सा अध्यक्षमा मनोनित गर्दै जिल्ला अधिवेशन तीन महिनभित्र सम्पन्न गर्ने जिम्मेवारी दिएको हो ।
नेविसंघ केन्द्रीय समितिले आसन्न संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस पर्साबाट जिल्ला अध्यक्षका लागि नाम माग गरेको थियो ।
त्यहि अनुसार काँग्रेस पर्साले गएको असोज १३ गते यादवको नाम पर्सा अध्यक्षमा सिफारिस गरेर पठाएकोमा केन्द्रीय कार्य समितिले अहिले यादवलाइ जिम्मेवारीसहित अध्यक्षमा मनोनित गरेको हो ।
अध्यक्षमा मनोनित भएसँगै यादवले तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।