ईनर्वा प्रहरी चौकी बीरगंजले प्रतिबन्धित लागुऔषध ५ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । मंगलबार राति ८ः३० बजे वीरगञ्जबाट रक्सौलतर्फ गइरहेको अवस्थामा वरिष्ठ प्रहरी सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित शंकराचार्य गेट नजिकबाट गाँजासहित महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ की ४० वर्षीय विद्या देवी तिवारी रहेको प्रहरीले जनाएको छ ।
अटोमा गइरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा गाँजा फेला परेको र गाँजा ओसार पसार गर्ने तिवारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलालाई आवश्यक कारवाहीका लागि हिरासतमा राखिएको छ ।