मोटरसाईकल चोरीमा संलग्न गिरोहका ६ जनासहित ५ वटा चोरीको मोटरसाइक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज र ग्रामिण क्षेत्रबाट मोटरसाईकल चोरी गरि अन्यत्र लगेर विक्री गर्दै आएको गिरोहलाई प्रहरीले विशेष अपरेसन चलाएर पक्राउ गरेको हो ।
मोटरसाइकल चोरीमा संलग्न ५ जना वीरगञ्जकै स्थानीय रहेका छन् । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका २१ वर्षीय सुमित कुशवाहा, वडा नम्बर १२ मुर्लीका १९ वर्षीय राजन मण्डल, मुर्लीकै अभय मण्डल, वडा नम्बर ११ रानीघाटका २० वर्षीय नन्दन चौरसिया, वडा नम्बर १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ६ सिर्सियाका २५ वर्षीय खरबुद आलम रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट ना।१० प ५०५१, प्र।२–०३–००३ प ७५०९, ना।३७ प २०२४, ना।१८ प ४२१९ र ना।३७ प २०२४ नम्बरको ५ वट मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेका छ जनालाइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेके जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
वीरगञ्ज लगायतका क्षेत्रमा दिउँसै मोटरसाइकल चोरी हुने घटना बढीरहेका बेला प्रहरीले गिरोहलाई नै पक्राउ गरेपछि चोरीमा कमी आउने विश्वास गरिएको छ ।