विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरेर सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा छपकैयाले ६७ औं प्रहरी दिवस मनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको ताराचन्द किशनलाल आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ स्कुल ब्याग वितरण गरेर दिवस मनाइएको हे ।
श्याम ट्रेड कन्सर्नको आर्थिक सहयोगमा विद्यालयका कक्षा १ देखी कक्षा ८ सम्मका गरि ११६ जना छात्र छात्राहरूलाइ व्याग वितरण गरिएको सामूदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराईले जानकारी दिए ।
मङ्गलबार विद्यालयमै आयोजित कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्रछात्राहरुलाई व्याग हस्तान्तरण गरेका थिए । कार्यक्रममा उनले विद्यालयलाई नमुना विद्यालय बनाउन आवश्यक सहयो गर्ने प्रतिवद्धता जनाए ।
सामूदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेली, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, सहयोग दाता श्याम शर्मा, विद्यालयका प्रधानाध्यापक कुरेश राउत गदी लगायतको सहभागीता थियो ।