जसले शिक्षा दियो, त्यही गुरुले आफनै छात्रको हत्याको गरेको आरोपमा पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घटना हो , २०७९ मंसीर ५ गते देशमा प्रतिनिधी सभाको निर्वाेचन सम्पन्न भई मतगणना सुचारु भएको थियो । स्थानिय प्रहरी प्रशासन मतगणना तर्फ केन्द्रित भएको अवस्था रहेको थियो भने शिक्षा प्रदान गर्दै आईरहेका गुरुले हत्याको योजना बुनिरहेका थिए । रकमको लेनदेनमा मनमटाव भएपछि बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सीया नजिकै गुरुकुल बिधालयमा शिक्षा पेशामा आवद्ध रहेका पर्सा जिल्ला जगरनथाथपुर गाउँपालिका भिखमपुर पिपरा निवासी हाल बीरगंजमा बस्दै आएको २७ वर्षीय दिलीप पटेलले आफनै छात्र अन्दाजी १९ वर्षीय निरज पासवानको हत्या गरेको आशंकामा पर्सा प्रहरीले पक्राउ गरेको हो । गत महिनाको ५ गते देखी निरज पासवान घरपरिवारबाट सम्र्पक बिहीन भएका थिए । सम्र्पक बिहीन भएको १० दिन पछि अपरिचित ब्यतिmबाट फिरौती माग्न शुरु भएको थियो । मृतक निरज पासवानका बुवाले पर्सा प्रहरीमा छोराको शकुशलको लागी पचास लाख रुपैया फिरौती माँग आएको तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतलाई अवगत गराएपछि प्रहरी अनुसन्धान थालिएको थियो । अनुसन्धान गर्दै जांदा पासवान गरीब परिवार युवकलाई पचास लाख रुपैया फिरौती मांग गरेपछि प्रहरीले आफनो तर्फबाट अनुसन्धान गर्दै जांदा निरज पासवानको हत्यामा दिलीप पटेल मुख्य योजनकार रहेको प्रहरीले आशंका गरेको थियो । फिरौती मांग गरेका अपराधीहरुले बीरगंजको बिन्दावसीनी पुल नजिकै पासवानको बुवालाई पुन फोन गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साका का्रईम बा्रन्चका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएका वरिष्ठ सई बिनोद सिंह ठकुरीले फिरौती मांग गरेका अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो । फिरौती मांगमा दिलीप पटेल पनि पका्रउ परेपछि पटेल निरज पासवानको हत्यामा संकलन रहेको प्रष्ट भएपछि अनुसन्धान गर्दै जांदा बीरगंज महानगरपालिका वडा नम्बर २५ बस्ने रामबाबु यादवको नाम मुछिएपछि हाल भर्खरै जिल्ला प्रहरी कार्यालय पर्सामा आगमान भएका प्रहरी उपरिक्षक कोमल शाहको नेतृत्वमा खटिएका प्रहरी टोलीले २४ घण्टा भित्र नै श्याम यादबलाई कांठमाण्डौबाट पक्राउ गर्न सफल भएपछि रामबाबु यादबलाई अनुसन्धान गर्दै जांदा दिलीप पटेल र मृतक निरज पासवानको बुवा सँग रकमको लेनदेन फरक परेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएपछि मृतक पासवानको शव बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सीया स्थित रहेको माानव सेवा आश्रम को छेउमा पानीको ट्यांकी भित्र शव बरामद भएको हो ।