पराल काट्ने क्रममा एक ब्यतिmको औंला काटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उरिक्षक राजेश थापाले बताउनु भयो । बाराको महागढीमाई नगरपािलका वडा नम्बर ११ मधुरी स्थित ना ६ त १५७३ नम्बरको ट्याक्टरमा पराल काट्ने मेशिनमा सोही स्थान बस्ने ३५ वर्षीय अमिरका यादबको दाहिने हातको चार वटा औला काटिएको हो । घाईते यादबको कलैया अस्पतालमा उपचार भईरहेको छ भने उनको अवस्था गम्भिर रहेको प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो, ना ६ त १५७३ नम्बर ट्याक्टर धनी सुरेन्द्र साह तेलीको धान काट्ने क्रममा यादबको औला काटेको हो । प्रहरीले टयाक्ट्रलाई नियन्त्रणमा लिएको छ भने यादबको उपचारमा सुरेन्द्र साह तेली संलग्र रहेका छन् । यसैगरी बारा प्रहरीले अबैध लागु औषध गाँजा बरामद गरेको छ । बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ३ भटी बैरिया नजिकै बारा प्रहरीले गस्ती गर्दै जाँदा प्रहरीलाई हेर्न बितीकै नेपालबाट भारततर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलमा बोकेको बोरा फाली फरार भएपछि शंकाको आधारमा प्रहरीले उतm बोरा खानतलाशी गर्दा लागु औषध गाँजा २४ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो । घटना बारे थप अनुसन्धान भईरहेको बताउनु भयो ।