हत्या गरेको आरोपमा भारतीय नागरिकलाई बारा प्रहरीले बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो । २०७९, ९, ८ गते बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ भुतही पुल स्थित रहेको सांझको बखतमा नास्ता पसलमा भारत बिहार मोतीहारी जिल्ला थाना दार्पा गा्रम पञ्चायत वडा नम्बर १४ पिप्रा टोल बस्ने ४५ वर्षिय शिवपुजन यादबलाई अज्ञात समुहले छातीमा गोली प्रहार गर्दा यादब घाईते भएका थिए । स्थानिय र प्रहरीको सहयोगमा घाईते यादबलाई उपचारको लागि एलएस न्युरो अस्पताल परवानीपुर भर्ना गर्दा उनको उपचारको क्रममा ज्यान गएको थियो । भारतीय मोटसाईकलमा आएका दुईजनाको समुहले शिवपुजनलाई लक्षित गरी छातीमा गोली प्रहार गरि फरार भएका थियो । दुई समुहको बीचमा बिवाद हुदाँ यादबको हत्या भएको प्रहरीले आशंका गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपिरक्षक होगीन्द्र बोगटीको कमाण्डमा खटिएका प्रहरी टोलीले अनुसन्धान गर्दै जांदा शिवपुजनको हत्यामा भारत मोतीहारी थाना घोडासहन गा्रम सेखावना वडा न १ बस्ने ३८ वर्षीय प्रमोद राम हत्या गरेको पुष्टि भएपछि भारतीय प्रहरीको सहयोगमा बाराका का्रइम बा्रन्च प्रहरीले प्रमोद रामलाई घोडासहनबाट पक्राउ गरि पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । रामलाई भारतीय प्रहरीको सहयोगमा आईतवार राती नै पक्राउ गरि बारा जिल्लामा ल्याएको हो ।