भन्सार छली ल्याएको चामल , धान , गहु सहित दुईवटा टयाक्ट्रर नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक गिरीले बताउनु भयो । धान , चामल र गहु चोरी पैठारी गरी बीरगंज तर्फ आउदै गरेको सुचना आएपछि बीरगंज महानगरपालिका वडा नम्बर १७ तिलावे पुल स्थित सडकखण्ड नजिक ना ७ प ५२५१ र ना ६ त ४२०४ नम्बरको टयांक्टरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ना ७ प ५२५१ नम्बरको टयांक्ट्ररबाट चामल ८० बोरा प्रति बोरामा ६० केजी दरले ४८०० केजी , धान ७१ बेरा प्रति बोरा ५५ केजी दरले ३००५ केजी र गहु १५० बोरा प्रति बोरा ६० केजी दरले ९००० केजी बरामद भएको प्रहरी नायब उपरिक्षक गिरीले बताउनु भयो । भारतबाट लोड गरी भन्सार छलेर ल्याउंदै गर्दा पर्सा प्रहरीले दुईवाट टयाक्ट्रर नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको हो । प्रहरीले टयांक्ट्ररलाई नियन्त्रणमा लिदां चालक भने फरार भएका छन् । प्रहरीले टयाक्ट्ररहरु , जडान गरेको टेलर सहित १५ लाख , २६ हजार , ४ सय ८० रुपैयाको मुल्याड्न गरी बीरगंज भन्सार पठाएको हो ।