पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा जुवातास खेल्दै गरेको अपस्थामा दशजना जुवाडेहरुलाई रंगेहात पक्राउ गरेको छ । पर्साका प्रहरी प्रमुख कोमल शाहलाई सुराकीले पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार स्थित भागवत साहको घरमा जुवातास भईरहेको सुचना दिएपछि सादा पोशाकमा खटिएका प्रहरी टोलीले भागवत साहको घरमा छापामारी गर्दा १ लाख, २८ हजार , १ सय ४० रुपैया , ४ बुक तास सहित दश जनालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवंम् प्रवतmा दिपक गिरीले बताउनु भयो । पक्राउ पर्नेमा पुर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानिय शिक्षक गौरिशँकर चौधरी, बीरगंज महानगरपालिका वडा नम्बर २९का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु , पर्सागढी नगरपािलका वडा नम्बर ८ बस्ने नेपाल राष्ट्रिय आधारभुत बिधालय हरपुरका प्रधानाध्यापक बिन्दा दास थारु, जितेन्द्र यादव , वडा नम्बर ३ स्थित जनता मावि पकडिया बढनियार शिक्षक मुक्ति पाठक, वन कार्यालय जमदार जतीबहादुर तमांड, वडा नम्बर २ ठेकेदार लक्षमण प्रसाद , पटेर्वा सुगौली गाउंपालिका वडा नम्बर ३ अब्दुल मुकेरी, पटेर्वा सुगांैली स्वास्थ्य शाखाका सिनीयर अहेब सखुवाप्रसौनी १ स्बो दिपनारारायण चौधरी लगायत रहेका छन् । जुवातासमा पक्राउ परेका १० जनालाई थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो । हामीलाई प्राप्त जानकारी अनुसार जुवातासमा पक्राउ परेका ब्यतिmहरुलाई छुटाउनका लागी राजनितिक दलका नेताहरुले पर्साका प्रहरी उपरिक्षक कोमल शाहलाई दबाब समेत दिएका छन् ।