भन्सार छली गरी ल्याएको बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताले बीरगंज आर्दशनगर स्थित रहेको पाथिभारा टा्रनसपोर्टमा छापामारी गरी सिल बन्दी गेको छ । उतm टा्रन्सपोर्टले चोरी पैठारी गरी ल्याएको लताकपडा, हार्डवेयर , चकलेट लगायत सामग्रीहरु बिलबिजक नभएको अवस्थामा पाथीभारा टा्रन्सपोर्टमा छामामारी गरेको हो । बीरगंज महानगरपालिका वडा नम्बर १० आर्दशनगरमा रहेको पाथीभारा टा्रन्सपोर्टको गोदाममा ३ लाख भन्दा बढी बिलबिजक नभएको अन्य सामग्रीहरु शंकास्पद रहेको हुनाले आईतवार राती १ बजे छापामारी गरी टा्रन्सपोर्ट सिल गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो । पाथीभारा टा्रन्सपोर्टले तस्करीको सामग्रीहरु लोड गरि नेपालको बिभिन्न जिल्लाहरुमा पठाउने कार्य गर्दै आईरहेको टा्रन्सपोर्ट हो । उतm टा्रन्सपोर्टका सञ्चालक राजेश मल्लिक हुन् ।