मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदां बारामा एक युवकको ज्यान गएको छ । महागढीमाई नगरपालिका वडा नम्बर ९ थलही पुल स्थित गढीमाईबाट श्रीनगर जाँदै गरेको ना २६ प २२९५ नम्बरको २२० सिसी पल्सर मोटरसाईकल अनियन्त्रित भई पल्टिदा सिमा्रेनगढ नगरपािलका १ बैरिया बस्ने गुड्डु अंसारी घाईते भएका थिए । अंसारीले मोटरसाईकल दुर्घटना हुदां पुल मुनी खसेको परिवारजनहरुलाई जानकारी गराएपछि प्रहरीमा खबरमा खबर गरेका थिए । गुडड् अंसारी,चालक भएपनि पछाडि सवार भएका सोही स्थान बस्ने २३ वर्षीय कासिम अंसारी भने ताही अंसारी सम्पर्क बिहीन रहेको हुनाले प्रहरी चौकी तेलकुवा चौकीबाट प्रसनि को कमाण्डमा खटिएका प्रहरी टोलीले दुर्घटना भएको स्थलमा खोजतलाश गर्दा जांदा दुर्घटना भएको घटनास्थलबाट २ किलो मिटर दक्षिण खोलाको पानी छेउमा घोप्टो परी मृत अवस्थामा शव फेला परेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । मोटरसाईकल चालक गुड्डु अंसारीको शरीरमा पनि समान्य चोट पटक लागे पनि उनी घरमा नै रहेका छन् । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो ।