नेपाली कांग्रेशको भातृ संगठन नेपाल बिधार्थी संघ पर्साले काठमांडौबाट पोखरा जाँदै गरेको यती एयरलाईन्सको बिमान दुर्घटनामा ज्यान गुमाएकाहरुको चिर शान्ति कामना गर्दे बीरगंजको घण्टाघरमा शोक सभा तथा दिप प्रज्वलन गरेको छ । नेबिसंघ बीरगंज महानगर अध्यक्ष धिरज साहको नेतृत्वमा सम्पन्न भएको शोक सभा तथा दिप प्रज्वल संगै क्याण्डल मार्च समेत गरिएको थियो । बीरगंजको घण्टाघरबाट क्याण्डल मार्च माइस्थान, आर्दशनगर हुदै ठाकुराम बहुमुखी क्याम्स सम्म पुगेको हो । शोक सभालाई सम्बोधन गर्दे नेपाली कांग्रेशका नेता तथा कार्यकताहरुले मृतकप्रति श्रञ्द्धाजली अपैण गर्दै शोककुल परिवार प्रति समवेदना प्रकट गरेको नेबि संघ बीरगंज नगर अध्यक्ष धिरज साहले बताए । नेपालमा बिमान दुर्घटना दिनप्रति दिन बढ्दै गएकोमा नेपाल सरकार चिन्तित नरहेको भन्दै नेबिसंघले सरकार बिरोधी नारा समेत लगाएको थियो ।