वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिकाश मल्लको बिशेष सुचनाको आधारमा बीरगंज महानगरपालिका आर्दशनगर स्थित रहेको पाथीभारा टा्रन्सपोर्टमा आईतवार बिहान १ बजे छापामारी गरी उतm गोदाममा सिल बन्दी गरिएको थियो । बिलबिजक भन्दा बढीको भारतीय लताकपडा , चकलेट लगायतका सामग्रीहरु फेला परेपछि गोदामा सिल गरिएको हो । बिलबिजकमा प्रहरीलाई संकास्पद राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका अधिकृत प्रकाश नेपालको नेतृत्वमा आएको टोलीले बिलबिजकमा अनुसन्धान थालेको हो । देशको राजस्व चुहावट गर्नलाई कारवाही हुनुपर्छ । देशको राजस्व बृद्धी भएमात्र बिकाशमा फड्को मार्न सक्छ । स्थानिय प्रहरी प्रशासनलाई पाथीभारा टा्रन्सपोर्ट राजेश मल्लिकको हो जानकारी हुदां पनि प्रहरीले राजेश मल्लिकलाई नियन्त्रणमा लिन नसक्नु आश्चर्यको बिषय भएको छ । राजस्व छल्ने फर्मका सञ्चालक राजेश मल्लिकले बिगत केही वर्ष देखी पाथीभारा टा्रन्सपोर्टको माध्यमबाट भारतीय लताकपडा, हार्डवेयर , चकलेट लगायतका सामग्रीहरु तस्करी गरी काठमांडौ , नारायणगढ, पोखरा लगायतका जिल्लाहरुमा सहज तरिकाले पठाउंदै गरेका ब्यतिm हुन् मल्लिक, प्रहरीले उतm गोदामा छापामारी गरीरहंदा राजेश मल्लिक पनि नजिकै रहेका श्रोतले दाबी गरेपनि उतm कुरा हाल सम्म पुष्टि हुन सकेको छैन् । राजस्व छल्नेहरुलाई कारवाही हुनुपर्ने बीरगंजवासीहरुको भनाई रहेको छ ।