श्रोत खुलाउन नसकेको रकम सहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनु भयो । अबैध हुण्डीको रकम कारोवार भईरहेको प्रहरीलाई सुचना पाएको डिएसपी गिरीले भने, सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्ड नजिकै द्यच्ण्छब्भ् ढघद्धघ भारतीय नम्बरको स्कुटर रोकेर चेकजांच गर्दा स्कुटरमा पछाडि सवार भएका बीरगंज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी बस्ने १९ वर्षीय सुवास कुमार साहले बोकेको झोला खानतालशी हुदां पाँच सय दर तथा सय दरले २२, ५०, ००० नेपाली रुपैया बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभएको छ । प्रहरीले नेपाली रुपैया २२ लाख ५० हजार बरामद गरेपछि स्कुटर चालक बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ३४ वर्षीय बिकाश साह र पैसाको झोला बोकेका सुवास कुमार साहले उतm रकमको श्रोत खुलाउन नसकेपछि प्रहरीले भारतीय स्कुटर सहित दुईजनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट दुईथान मोबाईल पनि बरामद गरिएको र बैंक तथा बितीय संस्था सम्बन्धी ऐन मुदा दर्ता गरी अनुसन्धान पक्रिया अगाडी बढाएको पर्साका डिएसपी गिरीले बताउनु भएको छ । २२ लाख ५० हजार नेपाली रुपैया सहित पक्राउ परेका साहद्धय हुण्डीको कारोवार गर्दै आईरहेको प्रहरीले आंशका समेत गरेका छन् ।