नेपालमा प्रतिबन्धित रहेको भारतीय रुपैया सहित एक नेपाली युवक पक्राउ परेका छन् । नेपालमा भारतीय रुपैया दुई हजार, एक हजार , दुई सय र पाँच सय प्रतिबन्धित रहेको छ । बीरगंज ममानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै अस्थाई प्रहरी चौकी ईनवाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजांच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ आउंदै गरेको बीरगंज महानगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय जटाशंकर साह सोनार माथी संकास्पद लागेपछि प्रहरीले उनको शरीर खानतलाशी गर्दा नेपालमा प्रतिबन्ध रहेको भारतीय रुपैया पाँच सय र दुई सय नोट गरी एक लाख रुपैया सहित पक्राउ परेका छन् । पक्राउ परेका सोनारलाई थप कारवाहीको लागीm राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक गिरीले बताउनु भयो ।