मानव सेवा आश्रम बीरगंज शाखालाई जिल्ला बिपद् ब्यवस्थापन समिती पर्साले ५० थान कम्बल प्रदान गरेको छ । बिपद् ब्यवस्थापन समितीका संयोजक तथा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानव सेवा आश्रम बीरगंजकी सानु गुरुडलाई कम्बल हस्तान्तण गर्नु भएको हो । पर्साका प्रमु जिल्ला अधिकारी ढकालले आफनै कार्यकक्षमा मानव सेवा आश्रमका पदाधिकारीहरुलाई ५० थान कम्बल प्रदान गरेका छन् । समाजिक सेवामा आवद्ध रहेको मानव सेवा आश्रमले सहरानिय कार्य गर्दे आईरहेको छ ।