बीरगंजमा एक बालकको अपहरण गर्न प्रसास गरेका छन् । बीरगंज महानगरपालिका वडा नं ६ बस्ने सन्तोष साहको १४ वर्षीय छोरालाई अपहरणकारीले अहपरण गर्न प्रयास गरेको घटना सार्वजनिक भएको हो । जानकी बोडिंग स्कुल कक्षा ६मा अध्ययनरत रहेका १४ वर्षीय बालक शनिवार सांझ घर अगाडी खेली रहेको अवस्थामा दुईजना अपरिचित ब्यतिmले करिब सांझ ७ बजे नाक र मुखमा रुमाल राखेर बेहोस पारी अपहरण गर्न प्रयास गरेको बुझनमा आएको हो । अपहरण गरेर लगीरहेको अवस्थामा एक जना अपहरणकारीलाई शौच आएपछि १४ वर्षीय बालकलाई खेतको जमीनमा राखेर शौच गर्न थालेपछि बच्चा अहपरणकारीको चंगुलबाट भाग्ने सफल भएको उनका बुवा सन्तोष साहले भने, बीरगंज महानगरपालिका वडा नं १६ ईनर्वा चौक पछाडि रहेको बेष्णेदेबी हलको खेतबाट भग्दै आएका ती बालकले रजतजयन्ती चौक देखी भन्सार निर खाजा नास्ता पसल पुगेर बालकले खाजा पसलका सञ्लाकलाई मेरो बुवालाई फोन गरिदिनुस अंकल गुहार गरेपछि उनले सन्तोष साहको मोबाईलमा ८ बजेर ३० मिनेटमा फोन गरेका हुन् । अपहरणमा परेका ती बालकले घटनाको बारेमा आफनो बुवालाई अवगत् गराएपछि छोरा अपरहणबाट जोगीएको सन्तोष साहले बताए । अपहरणकारी भने फरार रहेका छन् । घटना बारे वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिकाश मल्लले अनुसन्धान थालेका छन् । अहिले नै अपहरण भएको भन्न मिल्दैन् अनुसन्धान पछि भन मिल्ने पर्सा प्रहरीको भनाई रहेको छ ।