आगो ताप्ने क्रममा एक शिशु सहित तीनजना जलेर घाईते भएका छन् । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं ३ मा गएराती शुक्रवार बिहान आगो ताप्ने क्रममा महिला नवजात शिशु सहित तीनजना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले जनाए । घाईते हुनेहरुमा अजय दासको २० वर्षीय श्रीमती रमिता देबी गम्भिर घाईते भएकी छिन् भने महिला संगै रहेको ४ महिनाको शिशु सन्धया कुमारी दास र आगो निभाउन खोज्दा महिलाको देवर बिजय समान्य घाईते भएका छन् । घाईते तीनजनाको गौर अस्पतालमा उपचार भईरहेको छ । जाडो छल्नका लागी आगो ताप्दा एक्कसाी आगलागी भएको अजय दासले बताए ।