नारायणी यतायता कार्यालय पर्साको लाईसेन्स शाखामा सेवाग्रहीहरुलाई अनावश्यक दुख दिने पाँचजना बिचौलीयालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । यतायात कार्यालय पर्सामा सेवाग्रहीहरुको काम गरिदिने भन्दै बिचौलियाहरुले ठग्दै आएको प्रहरीमा गुनासो आएपछि पर्सा प्रहरीले पाँच जना बिचौलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक गिरीले बताउनु भयो । पक्राउ पर्नेहरुमा बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने प्रकाश महतो, वडा ११ श्रीपुर निवसी राजेश लामा, अवधेश महतो, बीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी अकलेश पटेल र बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नम्बर १ निवासी राजेश्वर यादब रहेका छन् ।