बारा प्रहरीले बिभिन्न स्थानहरुबाट राजस्व छली ल्याएको सामाग्रीहरु बरामद गरेको छ । बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नम्बर मुसहर्वा स्थित बारा प्रहरीले तस्करीको सामानहरु बरामद गरिएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुभएको छ । प्रहरीले गस्ती गर्नै क्रममा भारतबाट नेपालतर्फ अबैध तरिकाले भन्सार छली गरि ल्याईरहेको अवस्थामा भरिया तस्करहरुले प्रहरीलाई हेर्न बितीकै सामान छाडेर फरार भएका छन् । मुसहर्बाबाट प्रहरीले बिभिन्न तस्करीको सामानहरुले बरामद गरेको हो ा यसैगरी बाराको बिश्रामपुरबाट प्रहरीले बिग डिपर लाईट १२ पिस बरामद गरेको छ । बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर नजिकै प्रहरीले गस्ती गर्दा अबैध तरिकाले भारतबाट नेपालतर्फ ल्याउंदै गर्दा तीन चार समुहको महिलाहरुले प्रहरीलाई हेर्न बितीकै तस्करीको सामान छाडेर फरार भएको बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनु भयो । बरामद गरिएको तस्करीको सामाग्रीहरु प्रहरीको नियन्त्रणमा रहेको छ भने बरामद गरिएको सामानहरुको मुल्य करिब लाख रुपैया भन्दा बढी रहेको प्रहरीले अनुमान गरेको छ ।