पर्सा प्रहरीले भारतीय कार बेवारिसे अवस्थामा बरामत गरेको छ । भारतीय सुजुकी मारुती कार भन्सार छली नेपाल भित्राएर अबैध तरिकाले पर्सा जिल्लाको गा्रमिण एरियामा चलाईरहेको प्रहरीलाई सुचना पाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा निर्मल बुढाथोकीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उतm कार खोजतलास गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १६ चालिसफिटे सडकखण्डबाट ग्ए ज्ञटब्ह् ज्ञण्ण्घ भारीतय नम्बरको सुजुकी मारुती कार बेवारिसे अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक बुढाथोकीले भने, प्रहरीले कार बरामद गरेपछि हक दाबीको लागि अहिले सम्म कोही नआएको हुनाले उतm कार भारतको प्रान्तबाट चोरी गरेर नेपाल भित्राएको पर्सा प्रहरीले आंशका समेत गरेको छ । कारको मुल्याड्कन प्रहरीले पाँच लाख गरेर थप कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पठाएको हो ।