भन्सार छली गरी ल्याएको लताकपडा सहित मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले बताउनु भएको छ । बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले बीरगंजबाट काठमांडौ तर्फ जांदै गरेको अवस्थामा महानगरपालिका वडा नम्बर २३ बहुअरी नजिकबाट ना २ ख ८५१९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा लताकपडा लगायत मालबस्तुहरुको बिल बिजक नभएको हुनाले उतm ट्रकलाई राजस्व कार्यालय पथलैयामा पठाएको प्रहरी नायब उपरिक्षक बुढाथोकीले भन्नु भयो, बिल बिजक भन्दा बढी खुदा्र तथा बिभिन्न किसिमका लताकपडा मालबस्तु बोकेको ट्रक नै संकास्पद देखिएपछि नियन्त्रणमा लिएको हो । प्रहरीले ट्रक सहित लताकपडाको मुल्याड्कन ४१ लाख, ८६ हजार, ५ सय ७८ रुपैया गरेर राजस्व कार्यालय पठाएको पर्साका डिएसपी एवम् प्रवतmा निर्मल बुढाथोकीले बताउनु भयो ।