बीरगंजबाट प्रकाशित तथा प्रसारित संचार गृहमा कार्यगत पर्सेली सञ्चारकर्मीहरुको लागि बीरगंज महानगरपालिकाले बिशेषज्ञ तालीम आम संचार प्राधिकरण सित सहकार्य गरेर कार्य गर्नका लागि महानगरपालिका मेयर राजेश मान सिंहले बताउनु भयो । मधेश प्रदेश सरकारको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादबको नेतृत्वमा आएको टोलीले बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह संग भेटघाट तथा छलफल समेत गरेका छन् । पर्सेली जगतका पत्रकारहरुको दक्षता क्षमता अभिबृद्धी गर्नका लागि महानगरपालिका प्राधिकरण संग सहकार्य गर्न तयार रहेको मधेश सरकारको आम संचार प्राधिकरणका अध्यक्ष यादबले भने, महानगरपालिकाले पत्रिकाहरुमा दिईने लोककल्याणीकारी बिज्ञापन कार्यको प्रशंसा समेत गर्नुभएको थियो । छलफल कार्यक्रममा महानगरका प्रेस सल्लाकार महेश दास , प्राधिकरणका सदस्य प्रतिमा चौधरी, मनोज कुमार यादव, राससका मधेश प्रमुख राजु बिश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।