पर्सा प्रहरीले नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला सिम्रोनगढ नगरपालिका वडा नम्बर ८ बस्ने गोबिन्द महत कुर्मी रहेका छन् । प्रहरी हिरासतमा रहेका कुर्मीले आफु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको का्रईम बा्रन्चको प्रहरी निरीक्षक हुँ भन्दै रकम उठाउने कार्यमा संकलन भएका ब्यतिm हुन् । उनले सर्वसाधारण नागरिकहरुलाई प्रहरी निरीक्षक हो भन्दै कुटपिट तथा लुटपाट समेत गरेपछि पर्सा प्रहरीमा सर्वसाधारणहरुले गुनासो गरेपछि वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुतm प्रहरी टोलीले पर्साको हरपतगञ्जबाट पक्राउ गरीएको हो । नक्कली प्रहरी बनेर रकम उठाउने कार्यमा कुर्मी संग उनका दुई जना सहकर्मी रहेको बुझनमा आएको छ । नक्कली प्रहरी निरीक्षक गोबिन्द राउत कुर्मीलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले बताए । प्रकाउ परेका गोबिन्द राउत पुर्व प्रहरी असई समेत रहेका छन् ।