पर्सा प्रहरीले बीरगंज नगरक्षेत्रको बिभिन्न स्थानहरुबाट भन्सार छली ल्याएको चिनी, चामल, जुता, चक्लेट, बच्चाको जुता , मोटर लगायत सामानहरु नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो । नियमित प्रहरीले चेकजाँच गर्ने क्रममा चोरी पैठारी गरी ल्याएको तस्करी सामान बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रजत जयन्ती चौकबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो । प्रहरीले २ लाख ८९ हजार , ४ सय ९० रुपैया बराबरको खुदा्र सामानहरु नियन्त्रणमा लिई बीरगंज भन्सार पठाएको हो ।