अबैध लागु औषध गाँजा सहित पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । लागु औषधको कारोवार भईरहेको लागु औषध नियन्त्रण ब्युरोपर्सा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुतm प्रहरी टोलीले सुचनाको आधारमा नगवा फुलवारी टोल बस्ने २३ वर्षीय शेष सदामको घरमा छापामारी गर्दा ६ किलो ५ सय ग्राम गाँजा बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो । पक्राउ परेका सदामले घरको खाटमुनी कालो प्लाष्टिकको डिब्बाभित्र अबैध गाँजा लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो, सदामको साथबाट गाँजा तौल गर्ने डिजीटल तराजु २ थान समेत फेला परेको बताउनु भयो । शेष सदामलाई थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।