बिभिन्न मुद्धामा फरार रहेका पाँच अपराधीलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट लागु औषध , गाली बेईज्जली, सम्बन्ध बिच्छेद लगायत मुद्धामा दोषी ठहर भएपछि फरार भएका अपराधीलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भयो । अदालतको फैसला आएपछि फरार रहेका अपराधीलाई बिशेष सुचनाको आधारमा बारा जिल्लाको बिभिन्न स्थानहरुमा लुकीछिपी बस्दै आएको पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक न्यौपाने बताए ा पक्राउ पर्नैहरुमा निजगढ नगरपालिका वडा नम्बर ८ खयरबारी बस्ने अर्नुन थापा भनिने बालकृष्ण थापा , सोही स्थान बस्ने बिमला बुढाथोकी, सुर्वण गाउँपालिका वडा नम्बर २ कवहीगोठ बस्ने पच्चास वर्षीय उमेश प्रसाद यादव , आर्दशकोतवाल गाउँपालिका वडा नम्बर ५ टेककटी बस्ने ५२ वर्षीय बिजय प्रसाद चौरसिया र आर्दशकोतवाल गाउँपालिका वडा नम्बर ५ टेराकटी बस्ने ४० वर्षीय रम्भा देबी वरै पक्राउ परेका छन् ा पक्राउ परेका ब्यतिmहरु माथी बारा जिल्ला अदालतले जरिवाना सहित कैदसजाय पनि तोकेको हो । फरार अपराधीहरुलाई बारा प्रहरीले थप कारवाहीको लागी बारा जिल्ला अदालतमा पेश गरेको बारा प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ।