
भोजपुरीमा एउटा उघान छ ,बाँदर ना घर बनाई ना घर बनाएके दि , यही भोजपुरी उघान जस्ते मिल्दोजुल्दो रहेको छ बीरगंजका केही नेताहरु, आफु कहिले पनि बीरगंजको बिकाशको लागी अग्रसर नहुने ,बिकाश गर्न खोज्ने नेताहरुको चरित्र हत्या गर्नेको लागी न्वारणको बल लगाउने, मधेश प्रदेशको एकल महानगरपालिका र देशको आर्थिक नगरी भनेर चिनिने बीरगंज महानगरपालिका दुई दशक देखी बिकाशमा फड्को मार्न सकेको थिएन् ा बिकाश गर्न खोजेका बीरगंज महानगरपािलका नगर प्रमुख राजेश मान सिंहको चरित्र हत्या गर्नका लागी केही कथित नेताहरु लागी परेका छन् । बिकाशमा बाधक बनेका आफुलाई स्थानिय नेताको रुपमा चिनाउने केही नेताहरुले प्रोपगण्डा मच्चाई नगर प्रमुख राजेश मान सिंहको चरित्र हत्या गर्नका लागी स्थानिय पत्रपत्रिका देखी केन्दिय मिडीया हाउसमा दौडधुप गरिहेका छन् । मेयर सिंहले बीरगंजको सम्रग बिकाशको लागी अहोरात्र खटेको बीरगंजका वासिन्दाहरुले भने गरेका छन् ा जन्मभुमि भएको हुनाले नगर प्रमुख सिंहले संघीय सरकार सँग वैभव बीरगंज बनाउनको लागी दिनरात लागी परेका छन् । राजेश मान सिंह मेयर भएपछि १९ महिनामा नै बीरगंजको अनुहार नै फैरिएको बीरगंजवासीहरुको भनाई रहेको छ । दैनिक बिहान ७ बजेदेखी मेयर साहेब कार्यालयमा आएर कर्मचारीहरु सँग सम्वाद गर्ने गरेको महानगरपालिका एक कर्मचारीले भने, आउने चैत्र देखि २९ वर्षम मेरो महानगरपालिकामा सेवा प्रदान गर्दै आएको हुन्छ, म आफनो कार्यकाल सम्म बिहान ७ बजे देखी कार्यालय बसेको नगर प्रमुख राजेश मान सिंहलाई मात्र देखेको ती कर्मचारीहको भनाई रहेको छ । बीरगंजको बिकाशको लागी दिनरात खटिने यस्तो मेयर बीरगंजले सायद नै पाउँला , बिकाशमा बाधक बने कर्मचारी देखी आफनो कार्यकता सम्मलाई हप्काउने मेयर हुन राजेश मान सिंह , बिकाशप्रेमी रुपमा परचिलित भएका राजेश मान सिंहलाई बीरगंजवासीहरुको साथ र सहयोग रहेको बीरगंज आर्दशनगर निवासी शंकर अग्रवालले बताउनु भयो ।