पर्सा प्रहरीले बिल बिजक भन्दा बढी बोकेको मिनी माल बाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिनुभयो । भन्सार छली अबैध तरिकाले आलु र प्याज लोड गरि मकवानपुर तर्फ जान लागेको सुचना पाएपछि पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर ९ मिना बजार नजिकै बा प्र ०३, ००१ ख ०३३२ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिई खानतलाशी गर्दा बिल बिजक भन्दा बढी आलु र प्याज बोकेको फेला परेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ । आलु र प्याज बोकेको मिनी मालवाहक ट्रक सहित पर्सा प्रहरी १ लाख २४ हजार, ५ सय ६० रुपैया मुल्याड्गन गरेको हो । यसैगरी पर्सा प्रहरीले अबैध लागु औषध गाँजा फडान गर्नुको साथै नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले २ कठामा लगाएको गाँजाको बोट फडानी तथा नष्ट गरिएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभएको छ । गाँजाको खेती भईरहेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरीलाई सुराकीले सुचना दिएपछि सोही सुचनाको आधारमा २ कठा बाह्र सय गाँजाको बोट फडानी गरिएको हो । गाँजाको खेती गर्ने समुहको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।