मधेश प्रदेशको बिभिन्न जिल्लाहरुमा चिसो बढेपछि जनजीवन नराम्रा्े सँग प्रभािवत भएको छ । बारा , पर्सा र रौतहटमा बाक्लो हुस्सुले गर्दा जनजीवन कष्टकर भएको हो । बिहान देखी शितलहरी हुदां पर्सा जिल्लाका वासिन्दाहरुलाई दैनिक जीवनमा कठिनाई समेत भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर २३ बस्ने ४५ वर्षीय रामेश्वर साह जाडो सँग नराम्रा्े प्रभावित भएका छन् ा बाक्लो हुस्सु र शितलहरीले गर्दा उनी दैनिक कामकाजमा जान सकेका छैनन् । पेशाले उनी दैनिक ज्याला मजदुरी गर्नै ब्यतिm हुन् । पर्सा जिल्लामा तापक्रम ८ डिग्री सेल्सीयस भएपछि जनजीवन कष्टकर भएको हो । जाडोको बखतमा काम परेको अवस्थामा मात्र घरबाट बाहिर जानु बीरगंजका चिकित्सकहरुले भने, घरबाट बाहिर जाँदा बाक्लो लुगा , कान छोप्ने टोपी, हातमा पञ्जा र खुटामा मोजा लगाएर मात्र हिलडिुल गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । बाक्लो हुस्सुमा सबैभन्दा बढी बच्चा , बुद्ध र बुद्धाहरुलाई प्रभावित गर्न सक्ने भएको हुनाले तातो खाना , पानी र छोल पदार्थ दिन चिकित्सकहरुले सल्लाह दिएका छन् । यसैगरी बीरगंजको तापक्रम ८ डिग्राी सेल्सीयस भएपछि बीरगंज महानगरपालिकाले ३ दिन जाडो बिदा लम्ब्याएको छ । बीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्द लालकर्णले जारी गरेको प्रेस बिज्ञप्तीमा माग ८ गते देखी १० गते सम्म बीरगंज नगर क्षेत्रको सबै सामुदायिक तथा सँस्थागत बिधालयहरु दिनको लागी जाडो बिदा दिईएको छ ।