समाजिक सेवामा आवद्ध रहेको साहिब दरबारले बीरगंजमा गरिब बिपन्न वर्ग तथा बृद्धबृद्धाहरुलाई जाडोबाट बच्नको लागी न्यानो सिरक बितरण गरेको छ । बीरगंज बाक्लो हुस्सु र लगातार शितलहरी भएपछि साहिब दरबारले बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित १ सय १५ जना गरिब बिपन्न वर्गका परिवार तथा बृद्धबृद्धालाई सिरक बितरण गरिएको साहिक दरबारका अध्यक्ष उमेशलाल सहनीले बताउनु भयो । सिरक बितरण कार्यकममा संगीता दास, लक्ष्मी देबी चौरसिया, हफिज मियाँ , दिलीप दास, वंशीधर गुप्ता , राधिका देबी दिपेन्द्र राउत, पिन्टु साह लगायतको उपस्थिती रहेको थियो । यसैगरी साहिब दरबारले नि शुल्क आँखा परिक्षण शिवरिको आयोजना गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १७ अर्लाैमा साबिह दरबारको आयोजनामा गरिएको नि शुल्क आँखा शिविरमा २ सय ३१ जनाले आँखा परिक्षण गरिएकोमा ५४ जनालाई मोतिया बिन्दु फेला परेको बीरगंज सामुदायकि आँखा अस्पतालका सञ्चालक महेशसिंह धामीले बताउनु भयो । मोतिया बिन्दु फेला परेका बिरामीहरलाई आउने बुधवार बीरगंज सामुदायिक आँखा अस्पतालमा नि शुल्क शल्यकृया गरिने साबिह दरबारका अध्यक्ष उमेश लाल सहनीले बताएका छन्