बीरगंजको भिस्वा स्थित रहेको आयुर्वेदिक अस्पताल नजिकै दुर्घटनामा परी ज्यान गुमाउनेहरु नेशनल मेडिकल क्लेजमा अध्ययनरत छात्र रहेको पर्सा प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा बारा सुवणर््ापुर गाउँपालिका १२ हदिर्या घर भएका २३ वर्षीय सन्दिप यादव र धनुषा सबैला नगरपालिका ५ घर भएका २३ वर्षीय सुमति यादव रहेका छन् । आईतवार बिहान ३ बजे प्रदेश २, ०३, ०२१ प् ५४३२ नम्बरको आरवन फाईभ मोटरसाईलमा तिब्र गतिमा सवार भई बीरगंजको नेशनल मेडिकल क्लेज तर्फ जांदा भिस्वा स्थित रहेको आयुर्वेदि अस्पताल नजिकै पाँच ईन्च भितामा ठक्कर दिदां घटनास्थमा नै ज्यान गएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो । बिहान स्थानिय वासिन्दाहरुले मोटरसाईल दुर्घटना परेको प्रहरीमा जानकारी गराएपछि घटनास्थतल तर्फ प्रहरी पुगेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ । मृत्क एमबिबिस दोसा्रे र अर्काे बीडीएस दोसा्रे वर्षका बिधार्थी हुन् ।