बारा प्रहरीले ५३ तोला चाँदी सहित दुईजनालाई नियन्त्रणमा थप अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भयो । बीरगंजबाट बा प्र ०२, ०२७ प १८५१ नम्बरको स्कुटरमा सवार भई कांठमांडौ तर्फ जाने क्रममा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको अस्थाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नियमित चेजचाँच गर्ने क्रममा ५३ तोाल चाँदीको गरगहना सहित धरान उपमहानगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षीय गुजराज बिक र सुनसरी इटहरी नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय बद्री बिक पक्राउ परेका छन् । चाँदी सहित पक्राउ परेकाहरुले स्कुटरको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा चाँदीको लकेट २२ थान, चाँदीको औंठी ३३ थान, मगलसुत्र १८ थान, कानको टप २६ थान, र गणेश लकेट ७० थान उनीहरुको साथबाट बरामद गरिएको प्रहरी नायब उपरिक्षक न्यौपाने बताउनु भएको छ । गुजराज बिक स्कुटर चालक हुन भने बद्री बिक स्कुटरको पछाडि सवार भएका थिए र पक्राउ परेका बिकद्धय माथी गहिरो अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक न्यौपानेको भनाई रहेको छ ।