तत्कालीन पर्सा जिल्ला मालपोत कार्यालय पर्साका नायब सुब्बा मदन प्रसाद गुप्ता र नागेँन्द्र चौधरीलाई बिशेष अदालतले दोषी ठहर गर्दै पाँच कैद सजाय सुनाएको छ । गुप्तालाई पाँच वर्ष र चौधरीलाई चार वर्ष कैद सजाय सुनाएको हो । मालपोत कार्यालय राजस्व शाखाको रकम हिनामिना गरेको आरोपमा दुबैजनालाई ४७ लाख , ५४ हजार जरिवाना भएपनि अदालतले उनीहरुको साथबाट दोब्बर जरिजान लिनुपर्नै आदेश समेत दिएको हो । दोषी ठहर भएका नासु मदन प्रसाद गुप्ता माथी सातवटा भष्ट्रचारीको मुद्धा लागेको हो । रकम हिनामिना गरेको आरोपमा ९ महिना अगाडी अदालतले उनीहरुबाट ९५ लाख ८ हजार बिगो मांग गरेको थियो । बिशेष अदालतका अध्यक्ष टेकनारायण कुवंर , सदस्य तेज नारायण सिंह राई र जितेन्द्र थापाको ईजलाशले दोषी ठहर गर्दे कैद सजाय सुनाएको हो ।