बारा प्रहरीले दुई फरार अभियुतmलाई पक्राउ गरेको छ ा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा निगगढ नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय बिक्रम घलान र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ नदिया टोल बस्ने २८ वर्षीय सुनिल पासवानलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भयो ा पक्राउ परेका बिक्रम घलानलाई बारा जिल्ला अदालतले चोरी मुद्धामा २० कैद र एक हजार जरिवाना गरेको थियो भने सुनिल पासवानलाई सवारी ज्यान मुद्धामा ३ महिना १९ दिन कैद सहित २ हजार जरिवाना गरेको हो । अदालतको फैसला आएपछि फरार रहेका दुबैजनालाई प्रहरीले सुचनाको आधारमा घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा पक्राउ गरेको डिएसपी न्यौपानेले जानकारी दिनुभएको छ ा पक्राउ परेका दुबैजनलाई अदालतमा पेश गरिने प्रहरी नायब उपिरक्षक न्यौपानेले बताउनु भयो ा